भक्तपुरः २०७७ सालको कक्षा १० को अन्तिम परीक्षा एसईई जेठ दोश्रो साताबाट हुने भएको छ । जेठ १३ देखि २४ गते सम्म परीक्षा गर्ने निर्णय गरिएको राष्ट्रिय परीक्षा बोर्डको बैठकले जनाएको छ । यस्तै, कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि असार ४ गतेसम्म हुने भएको छ ।

कोरोना भाईरस (कोभिड–१९) का कारण पठन पाठन नभए पछि यो बर्ष परीक्षा दुई महिना ढिलो हुने भएको हो ।

गत वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो ।


प्रकाशित मितिः २०७७ साल फागुन २५ गते मंगलबार, १७:४४