काठमाडौं, २६ जेठ: पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ बाट प्रयोगात्मक गणित विषय हटाउने निर्यण गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । गत १८ गते राष्ट्रिय पाठ्यक्रम तथा मुल्यांकन परिषदले माध्यमिक तहको कक्षा ११ र १२ मा प्रयोगात्मक गणित विषय नराख्ने निर्णय गरेको थियो ।

त्रिभुवन विश्वविद्यालय अन्तरगतको केन्द्रिय गणित विद्यार्थी समाजले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउदै आन्दोलनको चेतावनी दिएको हो । आज बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, “देशको विकास र समृद्धिको मुख्य आधार शिक्षा प्रणाली भएको र विज्ञान र प्रविधिको मेरुदण्डको रूपमा रहेको गणित विषयको अध्ययन बिना शिक्षा प्रणाली आफैमा अपुरो रहेको छ ।


।”

विज्ञान र प्राविधिका विभिन्न विषयहरु अध्ययन गर्दा गणित विषयको प्रयोग हुने भएकोले गणित विषयको गहिरो अध्ययन बिना देशले प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्न नसक्नेमा विद्यागर्थी समाजले चिन्ता व्यक्त गरेको छ ।

एक आपसमा सम्बन्धित विषयहरु वाणिज्यतर्फ, गणित र अर्थशास्त्र, विज्ञान समुहमा जीव विज्ञान र गणित एउटै समुहमा राखेकोमा आपत्ति जनाउँदै यस्तो गलत निर्णय मुलुकको जिम्मेवार निकायबाट आउनु दुःखद रहेको समाजले जनाएको छ ।

यस्तै, नेपाल भौतिक बिज्ञान समाजले पनि विज्ञप्ती जारी गर्दै आधारभुत शिक्षाको रूपमा रहेको गणित शिक्षालाई ऐच्छिक समुहमा राख्नु जग बिनाको महल बनाउन खोज्नु जस्तै भएको उल्लेख गरेको छ ।