काठमाडौंः कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा ९ गतेदेखि हुने गरी राष्ट्रिय परीक्षा बोर्डले आज कार्यतालिका सार्वजनिक गरेको हो ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने बोर्डले जनाएको छ ।

यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाको असरका कारण ७ महिना पर धकेलिएको हो ।

कोभिड–१९ संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरुलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ ।


हेर्नुहोस् परीक्षा तालिकाः

exam

प्रकाशित मितिः २०७७ साल कार्तिक ५ बुधबार, १८:२१