कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–११ मा मंगलबार साँझ २ वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

लु ६० प ७१४० र म १ प ९६२८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा ९६२८ नम्बरको मोटरसाइकलका चालक कञ्चनपुरकै भिमदत्त नगरपालिका–६ बस्ने गुल्मीका ४० वर्षीय विष्णु ज्ञवालीको मृत्यु भएको हो ।

उपचारको क्रममा महाकाली अस्पताल उनको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ७१४० नम्बरको मोटरसाइकलका चालकलाई भने उपचारको लागि धनगढी स्थित नोभा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १२ बुधबार, ११:५४