कञ्चनपुरः बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतबाट १ थान म्याग्जिन र २ राउन्ड गोली बरामद भएको छ ।

उक्त खेतमा बुधबार साँझ तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार रुपैयाँ र तीन थान मोबाइल हेलमेट लगाई आएका अपरिचित ७/८ जनाले पेस्तोल देखाई लुटपाट गरेको भन्ने खबर बिहीबार बिहान प्राप्त हुनासाथ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त म्यागजिन र गोली बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २० बिहीबार, १८:२२