रौतहटः दुर्गा भगवती गाउँपालिका–५ झाजपुलबाट १ थान कटुवा पेस्तोल र थ्रिनटथ्री राईफलको १ राउण्ड गोली सहित यमुनामाई गाउँपालिका–४ बस्ने २५ वर्षीय दिलिप शाहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा बिआर ३० एम ४८४१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक शाहले कम्मरमा राखेको अवस्थामा उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ३ गते शुक्रबार, १७:१३