रौतहटः राजदेवी नगरपालिका–८ लक्ष्मीपुर गाउँबाट १ थान कटुवा पेस्तोल सहित एक जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत सितामडी जिल्ला बरौनिया थाना मुसहर मुसहर चोक बस्ने २१ वर्षीय नितेस कुमार पटेल रहेका छन् ।
प्रहरी चौकी बेलबिछुवा र सशस्त्र प्रहरी बल नेपाल बिओपी बेलबिछुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पटेलले तिघ्रामा लुकाई ल्याएको पेस्तोल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर २८ गते आइतबार, २०:२७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook