महोत्तरीः प्रहरीले मटिहानी नगरपालिका–८ चिउरामिलबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित एक जनालाई आज बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१७ मनहरपुर बस्ने ३३ वर्षीय राम शंकर मण्डल रहेका छन् ।

प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १ गते बिहीबार, १७:४०