धनुषाः जनकपुर उपमहानगरपालिका–१४ बाट कटुवा पेस्तोल एक थान सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका–९ का २१ वर्षीय आनन्द पाठक रहेको प्रहरीले जनाएको छ ।

विशेष सुरक्षा योजनाअन्तर्गत चेकजाँचका क्रममा प्रहरीले ज ११ प ४६५० नम्बरको मोटरसाइकलमा सवार पाठकले कम्मरमा लुकाई राखेको पेस्तोलसहित उनलाई पक्राउ गरिएको हो ।

पाठकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रकाशित मितिः शुक्रबार, असोज १७, १३:०३