बाराः बारा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारागढी गाउँपालिका–१ सिपुरा टोल बस्ने ४० वर्षीय मनोज राय नेटुवा रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा नेटुवालाई कटुवा पेस्तोल १ थान सहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः बिहीबार, वैशाख १८, १६:१३