काठमाडौंः गीतकार चन्द्र प्रसाईंको मार्मिक गीत कथा मृत्युको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गायक शिशिर योगीको आवाज तथा संगीत रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् ।

प्रहिल कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोलाई आभेश बज्राचार्यले छायांकन गरेका हुन् भने माधब बेलबासेले सम्पादन गरेका छन् ।

भिडियोमा कथा तथा कन्सेप्ट अन्जिता कंडेलको रहेको छ भने सुन्दर लामाको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोसः


प्रकाशित मितिः आइतबार, पुस १३, १४:३८