उदयपुरः कटारी नगरपालिका–८ स्थित सिद्धिचरण राजमार्गको दमारको भिर भन्ने स्थानमा बिहीबार साँझ कन्टेनर दुर्घटना हुँदा कन्टेनर भित्र रहेका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कटारीका ४५ वर्षीय मिन बहादुर मगर र अर्का ठेगाना नखुलेका राकेश कुमार यादव रहेका छन् ।

ना ५ ख ९४२४ नम्बरको कन्टेनर अनियन्त्रित भई ७ सय मिटर तल खसि दुर्घटना भएको थियो ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी कन्टेनरका चालक झापा दमकका योगेन्द्र दाहाल र सह–चालक सुनसरी बहारका विजय भुजेल घाइते भएका छन ।

घाइते उनीहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १०:४३