दक्षिण कोरियामा विपक्षी दलका नेता ह्वाङ ग्यो हान सरकारको विरोध जनाउँदै सार्वजनिक रूपमा कपाल खौरेका छन् ।

ह्वाङले आफ्ना समर्थक र सञ्चारकर्मीहरूबीच राष्ट्रपति भवन अगाडि कपाल खौरिएका हुन् ।

परिवारका सदस्य भ्रष्टाचारका मुद्दामा मुछिएका कारण विवादमा तानिएका न्यायिक मामिला हेर्ने मन्त्री चो कुकको नियुक्तिको विरोधमा उनले यसरी कपाल रौरिएर विरोज जनाएका हुन् ।

विरोधस्वरूप गत हप्ता दुईजना महिला सांसदले कपाल खौरिएका थिए। तीनै जना राष्ट्रपति मुन जे(इन ले नेतृत्व गरेको सरकारको विरुद्धमा छन्।

  • बीबीसी

प्रकाशित मितिः बुधबार, असोज १,, १५:२५