कपिलबस्तुः शिवराज नगरपालिका–४ डकहियामा बुधबार साँझ ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका २ पडरीयाका २७ वर्षीय सर्फुदिन मुसलमान रहेका छन् ।

खरेन्द्रपुरबाट महाराजगञ्जतर्फ जाँदै गरेको लु ३ त ४८८ नम्बरको ट्याक्टर नियन्त्रण गुमाएर पल्टिँदा गम्भीर घाइते भएका चालक मुसलमानको उपचारको क्रममा शिवराज अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

प्रहरीका अनुसार ट्याक्टरमा चढेका एक व्यक्ति भने सकुशल रहेका छन् ।


प्रकाशित मितिः बिहीबार, असोज २२, २०७७, १०:३०