
कपिलबस्तुः शिबराज नगरपालिका–१ मा आज बिहान बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय १६ वर्षीय सन्तोष मगर रहेका छन् ।
ना ८ ख ८१९१ नम्बरको बसले मगर आएको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
ठक्कर दिने बस सहित चालकलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७८ साल मंसिर ८ गते बुधबार, १०:५२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook