कपिलवस्तुः आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभूमि नगरपालिका–३ घनचौरा बस्ने ४० वर्षीय पुरुषलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ ।

पुरुषले ती बालिकालाई दुई पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी, बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती बालिकालाई गत शुक्रबार जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाँनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १५ गते बुधबार, १६:४८