कपिलवस्तुः बाणगंगा नगरपालिका–८ बोडगाँउमा आज बिहान कार पल्टिँदा चालकको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–९ का ३० वर्षीय सुरेश पाण्डे रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पुर्व पश्चिम राजमार्गमा आज बिहान साढे ८ बजे बा ८ च ६३९० नम्बरको कार बिजुलीको पोलमा ठोकिएर पल्टिँदा गम्भीर घाइते भएका कार चालक पाण्डेको उपचारको क्रममा सामुदायिक अस्पताल कपिलबस्तुमा मृत्यु भएको हो ।

यस्तै, कारमा सवार कपिलवस्तु नगरपालिका–९ की ४६ वर्षीया बिष्णु पौडेल, रामेछापको मन्थली नगरपालिका–१ की दुर्गा आचार्य, सोही ठाउँकी ३० वर्षीया अनिता आचार्य र उनकी ३ वर्षीया छोरी आर्बिजु घाइते भएका छन् ।


। उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ । घाइते मध्ये अनिता र दुर्गाको अवस्था गम्भीर रहेको छ ।


प्रकाशित मितिः सोमबार, मंसिर २३, १३:११