कपिलवस्तुः वुद्धभुमी नगरपालिका–९ ईमिलियामा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तुकै शिवराज नगरपालिका–११ थुनिका ४९ वर्षिय सुरेश तेली रहेका छन् ।

रा १ ख १६९३ नम्बरको टिपरले लु २९ प ६५२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ ।

ठक्कर दिने टिपर सहित चालकलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिइसकेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २५ मंगलबार, १४:४८