कपिलवस्तुः बुद्धभूमी नगरपालिका–९ चम्पापुरमा आज ट्रक र बस आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन ।

मृत्यु हुनेमा बस चालक कपिलवस्तुको बाणगंग्गा नगरपालिका–२ बस्ने २९ वर्षीय कृष्ण कुँवर रहेका छन् ।

ना ४ ख ३१२ नम्बरको ट्रक र लु १ ख ५६८४ नम्बरको बस एक आपसमा ठोक्किँदा गम्भिर घाइते उनको चौराहा अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका सबै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ७ गते मंगलबार, १८:२९