काठमाडौंः कपिलवस्तुको यशोधरा गाउँपालिका–८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि गोली प्रहार भएको छ ।

खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडाध्यक्ष मुसलमानमाथि आज बिहान गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

वडाध्यक्ष मुसलमानमाथि गोली प्रहार भए पनि सकुशल रहेका छन् ।

दुई जना अज्ञात व्यक्तिले उनीमाथि चार राउण्ड गोली प्रहार गरेपनि उनलाई नलागेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कपिलवस्तुले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, वैशाख १९, ११:३४