काठमाडौंः ‘कम्बोडिया पठाइदिन्छु’ भनि रकम ठगी गरेको अभियोगमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर वागमती गाउँपालिका–८ भवानचुली बस्ने २४ वर्षीय विजय भन्ने आयुष मोक्तान रहेको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

अपराध महाशाखाबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट उनलाई पक्राउ गरेको हो ।

आयुषले काभ्रे पाँचखाल नगरपालिका–८ चिसापानी बस्ने ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’मा काम लगाईदिने प्रलोभनमा पारी उनीहरुबाट ३९ लाख रुपैयाँ लिई सम्पर्क विहिन भएका थिए ।


उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १२ गते आइतबार, १८:३४