काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीहरुबीचको एकीकरणलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन्।

शुक्रबार नेपाल सांस्कृतिक संघले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

देउवाले कम्युनिष्ट पार्टीबीचको एकीकरणले कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको सिद्ध हुने र पाँच वर्षभित्र पार्टीलाई विजयमा परिणत गर्नेगरी एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत समेत गराए । उनले निर्वाचनमा भएको हारबाट नआत्तिन पनि कार्यकर्तालाईआग्रह गरेका थिए ।

कम्युनिष्ट पार्टीबीचको एकीकरणले कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको सिद्ध हुने र आगामी निर्वाचनमा विजयी हुन अनुकूल वातावरण बन्ने उनको दावी थियो ।


। देउवाले अन्तरघातले पनि पार्टीलाई कमजोर बनाएको भन्दै त्यस्ता नेता, कार्यकर्तालाई कार्वाही गर्ने चेतावनी पनि दिए।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले संगठन कमजोर भएकै कारण पार्टीले निर्वाचनमा हार व्यहोरेको स्विकार गरेर अघि बढन सभापति देउवाको गम्भिर ध्यानाकर्षण गराएका थिए।