भक्तपुरः करणी गरी फरार भएको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई आज पक्राउ गरेको छ ।

भक्तपुरकी एक महिलालाई करणी गरेको अभियोगमा प्रहरीले ललितपुर महालक्ष्मी नपा–७ बस्ने विक्रम बस्नेतलाई आज भक्तपुरबाटै नियन्त्रणमा लिएको हो ।

बस्नेतले गत पुस ५ गते सूर्यविनायक–९ नंखेलस्थित सिटीगाँउ रिसोर्टमा लगेर ती महिलालाई करणी गरी फरार रहेकामा आज उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।