काठमाडौंः संघियता र सिंहदरबारको अधिकार गाउँ–नगर पठाउने नाराका साथ काम गर्दै अगाडि बढेको सरकारले दरवन्दी कटौती गर्दा चाहिने भन्दा वढी दरवन्दी कटौती गरेपछि करारका कर्मचारी अलपत्र परेका छन् ।

आज सिंहदरवारमा एक कार्यक्रम आयोजना गर्दै करारमा रहेका कर्मचारीहरुले कृषि, पशुपक्षी, भूमिसुधार एवं शहरी विकास मन्त्रालय मिलेर बनेको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लगायतका संस्थामा कार्यरत करारका कर्मचारीहरुले आफूहरु अलपत्र परेको अशोक शर्मा भट्टले बताए ।

नयाँ नेपाल बनाउने अभियानमा लागेको वर्तमान सरकार श्रमजिवीको हुने र सबैमा रोजगार श्रृजना गर्ने भन्ने कुरा हुँदा हुँदै पनि करारमा काम गर्ने तल्लो तहका कर्मचारीको रोजीरोटी खोस्नु सोचनीय बिषय रहेको कार्यक्रममा सहभागिहरुको गुनासो थियो ।


कार्यलय सहयोगी, कम्प्युटर अपरेटर, चालक लगायत करारमा कार्यरत सबै कर्मचारीको उमेरहद पार भएको र आफ्नो उर्जाशिल समय कार्यलयमा बिताएको अबको दिनमा के गर्ने भन्ने अन्योल भएको श्रृजना भएको पिडित कर्मचारीको गुनासो रहेको छ ।