उदयपुरः उदयपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२ खैजनपुर बस्ने ३८ वर्षीया रिता बुढाथोकी रहेकी छिन् ।

शुक्रबार साँझ साढे ६ बजे खेतमा पानी लगाउनका लागी मोटर चलाउने क्रममा अचानक करेन्ट लाग्दा रिता वेहोस भएकी थिईन ।

वेहोस भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १५ शनिबार, १६:१०