करेन्ट लागेर एकको मृत्यु








मोरङः रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मोरङको रंगेली नगरपालिका–१ बबियाविर्ता बस्ने ४० वर्षीया नहेनश्वरी राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेनश्वरीलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।

करेन्ट लागेर सोही ठाउँकी ३५ वर्षीया कुस्मी राजवंशी घाइते भएकी छन्। घाइते महिलाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




ताजा समाचार


विशेष समाचार