कञ्चनपुरः कञ्चनपुरको भीमदत्तनगरपालीका ६ ऐठपुरमा आईतवार बिजुलीको पोल गाडने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

चार जना घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार मृत्यु हुनेमा लालझाडी गाँउपालीका ५ देखतभूलीका २४ बर्षिय शिवराज राना, लालझाडी ५ देखतभूलीका २२ बर्षीय जवाया राना, बेल्डाँडी गाँउपालीका २ का २० बर्षीय सन्दिप चौधरी, कृष्णपुर नगरपालीका ६ का १८ बर्षीय अनिल चौधरी र कैलाली उर्मा नगरपालीकाका १६ का २० बर्षिय बालकृष्ण चौधरी रहेका छन्।

घाइतेको महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ।