झापाः बुधबार बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
भद्रभुरको कचनकवल-७ बालुवाडी निवासी ६१ बर्षीय हर्कमाया लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार हावाहुरीसंगै पानी परेपछि घरमा आगनमै बिजुलीको तार चुडिएर लिम्बुलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएका उनको उपचारको क्रममा भद्रपुरस्थित ओम साई पाथिभरा हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै, बुधवार बिहान हावाहुरी, चट्याङ्गसंगै परेको पानीले झापाका विभिन्न स्थानीय तहमा लाखौ क्षति भएको छ भने क्षतिको यकिन तथ्याक संकलनका लागि स्थानीय प्रहरी खटाइएको प्रहरीले जनाएको छ ।
।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook