पर्साः पर्सामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरिया नगरपालिका–१० शिवबर्वाका शंकर राउत अहिरकी ५८ वर्षीया श्रीमती लालमतिदेवी रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ आँगन बढार्ने क्रममा चुडिएको तारबाट करेन्ट लागेर घाइते भएकी उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

शव पोष्टमार्टमका लागि नाराणी अस्पतालमा राखिएको छ ।


प्रकाशित मितिः शनिबार, कार्तिक २३, ११:४१