सप्तरीः सप्तरीमा करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिका–५ पडेमारामा आज बिहान हात्तीको करेन्ट लागेर मृत्यु भएको हो ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीको समूहले पडेमारा नजिकैको विद्युत पोलमा शरीर घिसार्ने क्रममा अचानक तार चुँडिएर ती हात्तीलाई करेन्ट लागेको स्थानीयहरुले बतााएका छन् ।

स्थानीयका अनुसार हात्तीलाई हाइटेन्सन लाइनको विद्युतबाट करेन्ट लागेको हो ।

हात्ती गाउँ नजिकैको धान खेतमा मृत फेला परेका छन् । हात्तीले विद्युतको पोल समेत भत्काइ दिएपछि यस क्षेत्रको विद्युत अवरुद्व भएको छ ।

मरेको हात्तीलाई कानुनी प्रक्रिया पुरा गरी नजिकै खाल्डो खनेर गाडिने आरक्षका सहायक वार्डेन सन्तोष भगतले जानकारी दिए ।


फाइल तस्विर


प्रकाशित मितिः २०७७ साल मंसिर ७ आइतबार, १५:२६