कालिकोटः नेपाली सेना चट्टानसँग भिड्दै कर्णाली कोरिडोरको सडक निर्माणमा सक्रिय भएको छ। सेनाले लालिघाटदेखि कालिकोट र बाजुराको सिमाना हिल्सासम्लोमिटर सडकको ट्र्याक खोलिसकेको छ।

कोरिडोर सडक निर्माणले तीव्रता पाउँदा कर्णालीवासीको गाडी चढ्ने सपना साकार भएको छ। दुई दशकसम्म अलपत्र परेको कर्णाली कोरिडोर निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ।

कालिकोटको खुलालु जिरो प्वाइन्ट रहेको कोरिडोरमा ३८.५ किलोमिटर सडक निर्माण भइसकेको सडक निर्माण कार्यदलका प्रमुख सेनाका मेजर मिलन कार्कीले बताए।

खुलालु नजिकै दुई किलोमिटरबाहेक कालिकोट खण्डको पूरै ट्र्याक खोलिएको उनले जानकारी दिए।


। ‘बाँकी दुई किलोमिटर आगामी असोजसम्म सक्ने योजना छ,’ कार्कीले भने, ‘चालू आर्थिक वर्षभित्रै सडक विभागलाई सडक हस्तान्तरण गर्ने तयारीमा छौं।’

सेनाले आगामी असोजसम्म निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीले बताए। नागरिक दैनिकमा समाचार प्रकाशित छ ।