काठमाडौंः समाजसेवी प्रतिमा हमालले भक्तपुरका विभिन्न इट्टाभट्टामा काम गर्ने मजदुर र काठमाडौंका विभिन्न ठाउँमा अलपत्र परेका कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीहरुलाई राहत वितरण गरेकी छन् ।

एक महान मनकारी ब्यक्ति, अति मिलनसार, शिष्ठ स्वभाव, समाजसेवी उनले आफ्नो ब्यक्तिगत खर्च र विभिन्न ठाउँबाट सहयोग मागेर खाद्यान्न तथा ग्याँस बितरण गरेकी हुन् ।

कर्णाली प्रदेशको उदाउँदो चेलि हमाललाई अहिलेको कोरोना संक्रमण अवस्थामा सरकारले पुरै देश लकडाउन गरेको अबस्थामा पनि परिवारसँगै बस्ने फुर्सद छैन् । काठमाडौंबाट आफ्नो घर फर्किन नपाएका ब्यक्तिहरु र काठमाडौं मै अति समस्यामा परेका केही कर्णाली प्रदेशका ब्यक्तिलाई आफ्नो पोल्ठामा भएसम्म र केही ब्यक्तिसँग समन्वय गरि दीनदुःखिहरुप्रति समाजसेविको अहम भुमिका निर्वाह गर्न उनी लागि परेकी छन् ।


आफ्नो बाल्यावस्था देखिनै आर्थिक र कठिन परिस्थिती सँग संघर्ष गर्दै आएकी उनी सुखलाई भन्दा दुःखलाई बढि बुझ्न बाध्य भएकाले पनि समाजसेवामा लागेकी हुन् । चेलिलाई कर्णाली प्रदेश लगायत सिङ्गो नेपालले उनको भुमिकालाई गर्वका साथ कदर गर्न आवश्यक भएको एक पीडितले बताएका छन् । आपतबिपतको बेलामा आफ्नो भन्दा अरुको सेवा गर्ने ब्यक्ति यो पृथ्वीका जिउँदो भगवान भएको उनले बताए ।


प्रकाशित मितिः शुक्रबार, वैशाख ५, १९:३४