काठमाडौंः कर्णाली प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सर्वराज खड्कालाई नियुक्त गरेको छ ।

कर्णाली प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खड्का दैलेख नारायण नगरपालिका–८ निवासी हुन् ।

यसअघि कर्णाली प्रदेश योजना आयोगको पहिलो उपाध्यक्षका रुपमा रहेका डा. पूण्य रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको उपकुलपतिमा नियुक्त भएपछि खाली रहेको पदमा खड्कालाई नियुक्त गरिएको हो ।

यस्तै, बैठकले मुख्यमन्त्रीको समन्वय विज्ञका रुपमा सुर्खेतका झकबहादुर मल्ल (सुदीप) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।


। मल्ल नेकपाका केन्द्रीय सदस्य तथा सुर्खेतका सह-इन्चार्जसमेत हुन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, १९:१६