काठमाडौंः कर्णाली प्रदेश सरकारको विवाद समाधान कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच ठोस् सहमति भने जुट्न सकेको छैन् ।

संसदीय दलका नेताविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्नेबारे दुई अध्यक्षबीच छलफल गर्न कार्यकारी अध्यक्ष प्रचण्ड मंगलबार बिहान बालुवाटार पुगेका थिए ।

भेटघाटका क्रममा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रदेशको विवाद माथिबाटै समाधान गरिदिन प्रस्ताव गरेका थिए । तर, प्रचण्डले चाहिँ प्रदेशको विवाद प्रदेशले नै मिलाउनु उचित हुने जवाफ दिएपछि दुई अध्यक्षको सहमति भने जुट्न सकेको छैन् ।


असोज २५ गते मुख्यमन्त्री समेत रहेका नेकपा कर्णालीका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरूद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि समस्या चर्किएको हो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ४ मंगलबार, १५:२९