भक्तपुर:  आजबाट चाँगुनारायण नगरपालिकाको कार्यालय अनिश्चितकालका लागि बन्द भएको छ ।

नगरपालिकाको कार्यालयमा कार्यरत अधिकृत र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका अनिश्चितकालका लागि बन्द भएको हो ।

नगरपालिका कार्यालयमा कार्यरत २ जना अधिकृत र २ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आजबाट अनिश्चितकालका लागि बन्द गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष परासर सापकोटाले जानकारी दिए ।

आजबाट कार्यालयबाट प्रदान गरिने सेवा अर्काे सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

चाँगुनारायण नगरपालिकाको कार्यालयमा प्रमुख र उपप्रमुख समेत गरि ३२ जना कर्मचारी कार्यरत रहेको र सबैको केहि दिन पछि स्वाव संकलन गरिने प्रवक्ता सापकोटाले बताए ।


नगरपालिका प्रमुख र उपप्रमुख सहित संक्रमितसँग सम्पर्कमा आएकाहरु सबै जना अहिले होम क्वारेन्टाइनमा छन् ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १७:१९