काठमाडौं: अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्षमा राजस्व संकलनको महत्वाकांक्षी लक्ष्य राखेको र कर छली नियन्त्रणका लागि कर प्रशासनलाई चुस्त बनाई नियमनमा कडाइ गर्ने बताएका छन् । उनले कर छल्नेहरुलाई वित्तीय अपराधअन्तर्गत कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

‘राज्यका आधारभूत मार्गदर्शनभन्दा बाहिर कोही पनि जान नपाउँने बतबउदै उनले भने राज्यले व्यवसाय गर्ने अवसर सबैलाई दिन्छ । व्यवसायीले पनि राज्यप्रतिको दायित्व पालना गर्नुपर्छ,’ बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कर छली नियन्त्रण गर्न आवश्यक परे व्यक्तिको बैंक खातासमेत अध्ययन गरिनेछ।


’ उनले अगाडि थपे, ‘बैंक खाता गोप्य हो, त्यो मलाई पनि थाहा छ । राष्ट्र बैंक चलाएर आएको हुँ, के–के सूचना लिन पाइन्छ राम्ररी थाहा छ । बैंकिङ गोपनीयताका नाममा वित्तीय अपराध गर्नेलाई छुट दिन सकिँदैन । त्यस्तालाई वित्तीय अपराधीका रुपमा कारबाही गर्छौं ।’ व्यवसायी र लेखापरीक्षक इमानदार भइदिए व्यक्ति वा व्यवसायीको वित्तीय विवरण माग्नुपर्ने अवस्था नआउने उनले बताए। नागरिक दैनिकमा समाचार छ ।