काठमाण्डौं: सरकारले बोनस र हकप्रदमा शेयरको आधार मुल्यमै पुँजीगत लाभकर लिने निर्णयको विरोध गर्दै आज धितोपत्र किन बेच ठप्प भएको छ । आन्तरिक राजश्व विभागले बोनस र हकप्रदमा लागत मूल्य गणना गर्दा शेयरको अंकित मूल्यलाई लागत मूल्य मानेर अग्रिम पूँजीगत लाभकर लिन परिपत्र गरेपछी सरोकारवाला पक्षहरुले यस्तो कदम चलेका हुन् । नेप्सेमा पहिलो आधा घण्टा मेगा बैंकको मात्र कारोबार भएको छ । मेगा बैंकको आज नेप्सेमा पहिलो आधा घण्टा मात्र ७ कारोबार भएको छ ।

नेपाल इन्भेष्टर्स फोरमले आज एक बिज्ञप्ति मार्फत बिभागको निर्देशनले करको सर्वमान्य सिद्दान्तको समेत अपमान भएको ठहर गर्दै तुरुन्त यो निर्णय फिर्ता गर्नुपर्ने माग अगाडी सारेको छ।


। सोमबार नेप्से घेराउ गर्न पुगेका लगानीकर्ताले सरकारको निर्णय फिर्ता नभएसम्म कारोबार नगर्ने घोषणा गरेका हुन ।