काठमाडौंः कलंकीमा शनिबार राति एक जनाको सडकबाट लडेर मृत्यु भएको छ ।

शनिबार राति साढे ९ बजेतिर बल्खुबाट कलंकीतिर जाने सडकको मेनलेनबाट सर्भिस लेनमा खसेर ती पुरुष घाइते भएका थिए ।

घाइते भएका पुरुषलाई प्रहरीले ट्रमा सेन्टर पठाएको र उनको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतकको पहिचान भने खुल्न सकेको छैन् ।


प्रकाशित मितिः आइतबार, फागुन १८, १२:३७