काठमाडौंः नेपाल चलचित्र कलाकार संघले आगामी साधारण सभामा कोभिड–१९ तथा लकडाउनको बिशेष परिस्थितिमा अहोरात्र खटेर कलाकार, चलचित्रकर्मी, अन्य संघसंस्था, देशका पिडित नागरिकलाई राहत तथा सहयोगमा जूट्ने र जूटाउने चलचित्रकर्मीलाई ‘विशेष सम्मान’ गरिने भएको छ ।

कोभिड–१९ को महामारीमा आफ्नो ज्यान नै जोखिममा राखेर निरन्तर चलचित्रकर्मी, कलाकार तथा पिडित जनताहरुको लागि राहत वितरण र राहत संकलन गरि सामाजिक उत्तरदायित्वमा उदारणीय भूमिका निर्बाह गरेकोमा उक्त कार्यको उच्च मुल्यांकन गर्दै ‘विशेष सम्मान’ गर्न लागिएको नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काले जानकारी दिए ।


खड्काका अनुसार सम्मानित हुने चलचित्रकर्मीहरुमा कलाकार निर्मल शर्मा, नायक पल शाह, नायिका पुजा शर्मा, कलाकार तथा रंग पत्रकार सुर्य चन्द, चलचित्रकर्मी राज घिमिरे, निर्देशक एभरेष्ट सुर्य बोहरा र नायिका रिया श्रेष्ठ सम्मानित हुने भएका हुन् ।


प्रकाशित मितिः २०७७ साल पुस १२ गते आइतबार, १५:५०