काठमाडौंः नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कसैले भन्दैमा वा कसैको रहरमा आफूले कांग्रेस पार्टीको नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् ।

पार्टी निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले आफ्नो २७ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले आफू निर्वाचित पार्टी सभापति भएको र निर्वाचित सभापतिलाई कसैले हट भन्दैमा नहट्ने र पार्टीको विधि/विधान अनुरुप मात्र पदको टुङ्गो लाग्ने बताए ।

उनले पार्टी भित्र एकता हुनुपर्छ भन्नेमा नै बिश्वास राख्ने भन्दै अवको तीन बर्षभित्र महाधिवेशन हुने बताए ।


। स्वभावले नै नेतृत्व पार्टीको गुट अन्त्यको पक्षमा रहेको भएपनि त्यस्तो वातावरण बन्न नसकेको समेत बताए ।

सभापति देउवाले निर्वाचनमा कांग्रेस पराजयको कारण वाम एकता नै भएको दाबी गरे । कांग्रेस अरु कुनै कारणले नहारेको भन्दै उनले पार्टी नेतृत्वको गलत कार्यशैलीका कारण चुनाव हारिएको भन्ने भ्रममा नपर्न आग्रह गरे ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिलाई व्य गर्दै कसैको चाहना या रहरले पार्टी भित्रको आन्तरिक द्धन्दको अन्त्य हुन नसक्ने बताए । पार्टीभित्रको गुट अन्त्यको लागि पार्टी भित्र विधानसंगत काम हुनुपर्ने उनको जोड थियो।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताएका छन्। कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो नहुने भएकाले आफू सोही अभियानमा लागेको बताए ।

पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई संगै राखेर कोइरालाले आफू गुट उपगुट अन्त्य गर्ने अभियानमा लागिरहेको बताए ।

पार्टीको गुट उपगुट एउटा ठूलो रोग भएको भन्दै उनले कसैलाई पनि गुट उपगुटमा नलाग्न आग्रह गरे । उनले गुट उपगुटलाई भत्काएर एउटै बनाउन पनि आग्रह गरेका छन् ।

अर्का महामन्त्री विमलेन्द्र निधिले सरकारका सय दिन कम्युनिस्टहरुको एकता र भारतलाई रिझाउन मै खर्च भएको बताए। उनले सय दिनभित्र राज्यको साधनस्रोतको दोहन भए पनि जनताले केही नपाएको दाबी गरे ।