रुपन्देहीः देवदह नगरपालिका–१० भलुहीसबाट १ थान कस्तुरीको विना सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची छत्रदेव गाउँपालिका–२ बस्ने ३२ वर्षीय सुकुरदिन मिया, रुपन्देही देवदह नगरपालिका–१० बस्ने बागलुङ नगरपालिका–६ घर भएका ३८ वर्षीय रमेश विक र रुपन्देही बुटवल उपमहानगरपालिका–११ बस्ने २९ वर्षीय दिपक विश्वकर्मा रहेका छन् ।

वन्यजन्तु कस्तुरीको विना ओसारपसार एवं कारोवार हुँदै छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त विना सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः २०७७ साल मंसिर २३ मंगलबार, १७:२९