भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा १७ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा १८ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका ६ जना, भक्तपुर नगरपालिकाका ३ जना, मध्यपुर थिमी नगरपालिकाका ४ जना र सुर्यविनायक नगरपालिकाका ४ जना तथा सम्पर्क हुन नसकेका १ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल ९१२ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या ३६२ छ भने सक्रिय संक्रमित ५३६ जना रहेका छन् ।


यस्तै जिल्लामा ५ जना महिला र ९ जना पुरुष गरी कूल १४ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।


प्रकाशित मितिः शनिबार, भदौ २७, २०७७, २१:०८