भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा २५ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा २८ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका ५ जना, भक्तपुर नगरपालिकाका ८ जना, मध्यपुर थिमी नगरपालिकाका ४ जना र सुर्यविनायक नगरपालिकाका १० जना तथा सम्पर्क हुन नसकेका १ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल १ हजार १४० जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या ४६६ छ भने सक्रिय संक्रमित ६५८ जना रहेका छन् ।


यस्तै जिल्लामा ५ जना महिला र ११ जना पुरुष गरी कूल १६ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।


प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, १९:२४