भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ८२ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा ८० जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका १ जना, भक्तपुर नगरपालिकाका ३८ जना, मध्यपुर थिमी नगरपालिकाका २७ जना र सुर्यविनायक नगरपालिकाका १३ जना तथा अन्य १ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल १ हजार २७० जना संक्रमित रहेका छन् ।

यस्तै जिल्लामा ५ जना महिला र १२ जना पुरुष गरी कूल १७ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।



प्रकाशित मितिः शुक्रबार, असोज २, २०७७, १८:४९