भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ८३ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा ७७ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका १५ जना, भक्तपुर नगरपालिकाका १६ जना, मध्यपुर थिमी नगरपालिकाका ३४ जना र सुर्यविनायक नगरपालिकाका ६ जना तथा अन्य ६ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल १ हजार ३५२ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या ५५१ छ भने सक्रिय संक्रमित ७८४ जना रहेका छन् ।

यस्तै जिल्लामा ६ जना महिला र ११ जना पुरुष गरी कूल १७ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।



प्रकाशित मितिः शनिबार, असोज ३, २०७७, २०:२६