भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ९५ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा १०१ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका ८ जना, भक्तपुर नगरपालिकाका २४ जना, मध्यपुर थिमी नगरपालिकाका २४ जना, सुर्यविनायक नगरपालिकाका ३८ जना तथा अन्य ७ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल २ हजार ७३८ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या १ हजार ४८० जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार २२५ जना रहेका छन् ।


यस्तै, जिल्लामा १० जना महिला र २३ जना पुरुष गरी कूल ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


प्रकाशित मितिः बुधबार, असोज २१, २०७७, २१:०२