भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा १३० जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा १२३ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका ८ जना, भक्तपुर नगरपालिकाका ३० जना, मध्यपुर थिमी नगरपालिकाका २८ जना, सुर्यविनायक नगरपालिकाका ४९ जना तथा अन्य ८ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल ३ हजार २० जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या १ हजार ६१८ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ३६९ जना रहेका छन् ।


यस्तै, जिल्लामा १० जना महिला र २३ जना पुरुष गरी कूल ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १९:१६