भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ११० जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा १४४ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका १० जना, भक्तपुर नगरपालिकाका २० जना, मध्यपुर थिमी नगरपालिकाका ५० जना, सुर्यविनायक नगरपालिकाका ६२ जना तथा अन्य २ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल ३ हजार ३५१ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या १ हजार ७६२ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ५५२ जना रहेका छन् ।


यस्तै, जिल्लामा १० जना महिला र २७ जना पुरुष गरी कूल ३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, २१:०९