भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा १६७ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा १४८ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका १८ जना, भक्तपुर नगरपालिकाका ४१ जना, मध्यपुर थिमी नगरपालिकाका ५८ जना, सुर्यविनायक नगरपालिकाका २६ जना तथा अन्य ५ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल ३ हजार ५७८ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या १ हजार ८९९ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ६३७ जना रहेका छन् ।


यस्तै, जिल्लामा १२ जना महिला र ३० जना पुरुष गरी कूल ४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १९:५४