भक्तपुरः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ९९ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा ७२ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका ३ जना, भक्तपुर नगरपालिकाका ३ जना, मध्यपुर थिमी नगरपालिकाका १६ जना, सुर्यविनायक नगरपालिकाका ४८ जना तथा सम्पर्क हुन नसकेका २ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल ४ हजार ३०९ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या २ हजार ३६७ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ८९५ जना रहेका छन् ।


यस्तै, जिल्लामा १३ जना महिला र ३४ जना पुरुष गरी कूल ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २ आइतबार, २०:४०